प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडाैं | जेठ २, २०८१
काठमाडौं: सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संसदको अवरोध कसरी हटाउने भन्ने बिषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएको थिएन ।
संसद अवरूद्ध हुँदा राष्ट्रपतिको कार्यालयबाट आएका विभिन्न पत्रहरू, समितिबाट पास भएर आएका विधेयक लगायतका विषयहरू संसदमा पेस हुन पाएन । सभामुख र प्रधानमन्त्रीबीच यिनै विषयमा छलफल भईरहेको बताईएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

